अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५३ | Colorodo: 16:08

माथिल्लो त्रिशुली–थ्री ए जलविद्युत आयोजनाको उद्घाटन, अनुचित मुआब्जा खोज्ने प्रवृत्तिले विकाश निर्माणमा ढिलाई– प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७६ मंसिर २ गते ८:०७ मा प्रकाशित

माथिल्लो त्रिशुली– थ्री ए जलविद्युत आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ । आयोजनाको उद्घाटन गर्दै उहाँले आयोजनाको सञ्चालनले विद्युत आयात कम गरी विद्युतीय ऊर्जालाई कृषिको आधुनिकीकरण र उद्योग सञ्चालनमा लगाउन मद्धत पुग्ने बताउनुभयो ।

उहाँले सरकार देशलाई बलियो अर्थतन्त्रको जगमा उभ्याउन अग्रसर भएको र यो आयोजनाले ठूलो सहयोग पुग्ने पनि उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले रसुवामा निर्माण सम्पन्न भएको माथिल्लो त्रिशुली–थ्री ए आयोजनाको प्रधानमन्त्री कार्यालय सिंहदरवारबाटै उद्घाटन गर्नु भएको हो । समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न यस्ता आयोजनाको निर्माणलाई तीब्रता दिएको उहाँले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले विकासका दूरगामी आयोजना निर्माण गर्दा अनुचित मुआब्जा खोज्ने प्रवृत्तिले विकास निर्माणमा ढिलाई र लागत बढ्ने गरेको बताउनुभयो । वातावरणमैत्री र दुर्घटना जोखिम कम हुने पूर्वाधार निर्माणमा सरकारले ध्यान दिएको पनि उहाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू