अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२७ | Colorodo: 16:42

सिर्जना उत्सवको ४२ औ शृंखला

बिआरटीनेपाल २०७६ मंसिर १ गते २०:२४ मा प्रकाशित

अमेरिकाको बोस्टनमा आइतबार मासिक साहित्यिक कार्यक्रम “सिर्जना उत्सव” सम्पन्न भएको छ । पाँच वर्षदेखि आयोजना हुँदै आएको कार्यक्रमको यो ४२ औ शृंखला हो । साहित्यकार दीपा राई पुनको जन्मोत्सवको सन्दर्भ पारेर आयोजना गरिएको यस पटकको कार्यक्रममा हरि काफ्ले, अच्युत अधिकारी, अग्नि पराजुली, महेश्वर पन्त, सुशील नेपाल, ममता कर्माचार्य , अनु शाह, गोवर्धन पूजा, लालगोपाल सुवेदी, दीपा राई पुन, धिरज पुन, भक्त गुरुङ लगायतले कविता वाचन गरे ।

कार्यक्रम आगामी कार्यक्रमको संयोजक अनु शाहको सभापतित्वमा सम्पन्न भएको थियो । बोस्टन वरिपरिका साहित्यकारहरूको नयाँ सिर्जना सुन्ने सुनाउने उद्देश्यले सञ्चालित यस सिर्जना उत्सवले बोस्टन बाहिरबाट आउने साहित्यकारको सम्मानमा साहित्यिक कार्यक्रम गर्ने र सर्जकको कृति प्रकाशन गर्ने कार्य पनि गर्दै आएको छ । निकट भविष्यमा पचासौँ शृंखलाको अवसर परेर यसले स्मारिका प्रकाशन गर्ने पनि भएको छ ।

प्रतिक्रिया