अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३६ | Colorodo: 05:51

विमानस्थल बन्न नदिन अदृश्य शक्तिहरु सक्रिय छन्– पर्यटन मन्त्री भट्टराई

बिआरटीनेपाल २०७६ मंसिर १ गते ८:३५ मा प्रकाशित

नागरिक उड्डयन तथा पर्यटन मन्त्री योगेश भट्टराईले बाराको कोहल्बीमा विमानस्थल बन्न नदिन अदृश्य शक्तिहरु सक्रिय भएको दाबी गर्नुभएको छ । प्रस्तावित विमान निर्माणस्थलको आइतबार स्थलगत अवलोकन पछि उहाँले सरकार अमुक शक्तिहरुको अवरोध चिर्दै केही समय भित्रै विमानस्थल शिल्यान्यास गर्ने दिशामा अघि बढेको बताउनुभयो ।

विमानस्थल निर्माण विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परे पनि सर्वोच्च अदालत र न्यायाधीशहरु बिमानस्थलको आवश्यक्ताप्रति जानकार रहेकाले उचित आदेश आउने विश्वास सरकारको रहेको उहाँको भनाई थियो । बारा, पर्सा र रौतहटमा तिनै तहका सबै दलका जनप्रतिनिधीहरु निजगढ विमानस्थल बनाउनु पर्नेमा एकमत रहेकाले विमानस्थल निर्माण प्रक्रिया छिटै शुरु हुने पनि मन्त्री भट्टराई बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू