अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३९ | Colorodo: 01:54

सत्तारुढ नेकपाले बनायो प्रवास समन्वय कमिटी

बिआरटीनेपाल २०७६ मंसिर १ गते ८:३७ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले युवराज चौलागाइँको संयोजकत्वमा प्रवास समन्वय कमिटी गठन गरेको छ । नेकपाको आईतवार बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिनुभयो ।

समन्वय कमिटीको इन्चार्जमा बिन्दा पाण्डे र सहइन्चार्जको जिम्मेवारी लक्ष्मण पन्तलाई दिइएको छ । त्यसैगरी सचिवमा श्रीप्रसाद साहलाई चयन गरिएको खनालले जानकारी बताउनुभयो । नेकपाले प्रवास कमिटीलाई शुभेच्छुक संस्थासरह मान्यता दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू