अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०७ | Colorodo: 08:22

नेपालसँग ऊर्जा र यातायात सञ्जालको विकासमा सहकार्य गर्न बंगलादेश इच्छुक

बिआरटीनेपाल २०७६ मंसिर १ गते ८:३५ मा प्रकाशित

बंगलादेशका प्रधानमन्त्री शेख हसिना बाजेदले नेपालसँग ऊर्जा र यातायात सञ्जालको विकासमा सहकार्य गर्न बंगलादेश इच्छुक रहेको बताउनुभएको छ । युनाइटेड अरब इमिरेट्स युएईमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भएको भेटमा बंगलादेशका प्रधानमन्त्री हसिनाले जनताबीचको सम्बन्ध विकास गर्न सम्पर्क सञ्जालको विकास गर्नुपर्ने बताउनुभयो ।

दुबई एयर शो मा भाग लिन त्यहाँका प्रधानमन्त्री तथा रक्षामन्त्री मोहम्मद बिन रसिदको औपचारिक निमन्त्रणमा हिजो दुबई पुग्नुभएका उपप्रधानमन्त्री पोखरेलसँग आज प्रधानमन्त्री हसिनाको भेट भएको हो । भेटका क्रममा उपप्रधानमन्त्री पोखरेलले ऊर्जा क्षेत्रमा दुई देशबीच सहकार्य हुन सक्ने भन्दै प्रत्यक्ष वैदेशिक लगानीका लागि आग्रह गरेको पोखरेलका प्रमुख स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

हालै बंगलादेशका राष्ट्रपतिले नेपाल भ्रमण गरेको स्मरण गर्दै मन्त्री पोखरेलले भ्रमण वर्ष २०२० मा बंगलादेशी नागरिकलाई नेपाल भ्रमण गर्न पे्ररित गरेको विश्वास व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू