अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२७ | Colorodo: 17:42

राजपाक्षे श्रीलंकाका राष्ट्रपति हुने पक्का

बिआरटीनेपाल २०७६ मंसिर १ गते ८:३० मा प्रकाशित

गोतबाया राजपाक्षे श्रीलंकाका नयाँ राष्ट्रपति हुने पक्का भएको छ । शनिबार भएको राष्ट्रपतिको चुनावमा उहाँले ५४ प्रतिशत बढी मत पाउनुभएको छ । राजापाक्षेले सत्तारूढ दल युनाइटेड नेशनल पार्टीका उम्मेदवार सजिथ प्रेमदासालाई हराउनुभएको हो ।

सजिथले हार स्वीकार गर्दै राजपाक्षेलाई बधाई समेत दिनुभएको छ । गोतबाया पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेका भाइ समेत हुनुहुन्छ । राजापाक्षेको सरकारमा गोतबाया रक्षा सचिव हुनुहुन्थ्यो । सात महिनाअघि भएको २५९ जनाको ज्यान जाने गरी भएको इस्टर आक्रमणपछि श्रीलंकामा १५ वर्षयताकै आर्थिक मन्दी भएको छ।

यही बीचमा भएको चुनावमा मतदाताले विपक्षी दलका ७० वर्षीय उम्मेदवार राजापाक्षेलाई निर्वाचित गरेका हुन् । गोतबायाका दाजु महिन्दा सन् २००५ देखि २०१५ सम्म श्रीलंकाका राष्ट्रपति बन्नुभएको थियो । उहाँले तमिल विद्रोही समूह लिट्टेलाई छिन्नभिन्न पार्नुभएको थियो । राजापाक्षेले सोमबारसम्म सपथ लिने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू