अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३४ | Colorodo: 09:49

जर्मनी लगातार १३ औं पटक युरोकपका लागि छनोट

बिआरटीनेपाल २०७६ मंसिर १ गते ८:२५ मा प्रकाशित

जर्मनी लगातार १३ औं पटक युरोकप फुटबलका लागि छनोट भएको छ । गएराति भएको खेलमा बेलारुसलाई ४–० ले हराउँदै जर्मनी अर्को वर्ष हुने युरोकपका लागि छानिएको हो । यही समूहको अर्को खेलमा नर्दन आयरल्याण्डसँग गोलरहित बराबरी खेल्दै नेदरल्याण्ड्स पनि युरोकप फुटबलका लागि छानिएको छ ।

गएरातिका खेलहरुपछि समूह ‘सी’ मा ७ खेलबाट जर्मनीले १८ अंक जोड्यो भने नेदरल्याण्ड्सले १६ अंक बटुल्यो । १३ अंक जोडेको नर्दन आयरल्याण्ड तेस्रो स्थानमा रहेको छ । उता समूह ‘ई’ को खेलमा स्लोभाकियालाई ३–१ ले हराउँदै क्रोएसिया फाइनल चरणका लागि छानिएको छ ।

यही समूहको अर्को खेलमा वेल्सले अजरबैजानलाई २–० ले हरायो । समूह ‘जी’ को खेलमा उत्तरी मेसेडोनियालाई २–१ ले हराउँदै अष्ट्रिया पनि युरोपकका लागि छानियो । यसअघि नै युरोकपमा छानिएको पोल्याण्डले गएराति ईजरायल २–१ ले हराउँदा बेल्जीयमले रुसलाई ४–१ ले तथा स्कटल्याण्डले साइप्रसलाई २–१ ले पराजित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू