अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२४ | Colorodo: 03:39

बेलायती सेनाले युद्धका क्रममा आम नागरिकको हत्या गरेको आरोप

बिआरटीनेपाल २०७६ मंसिर १ गते ८:२४ मा प्रकाशित

बेलायती सेनाले युद्धका क्रममा अफगानिस्तान र इराकमा आम नागरिकको हत्या गरेको आरोप लगाइएको छ । बीबीसीले गरेको एक अनुसन्धानमा युद्ध अपराधसम्बन्धी नयाँ तथ्य फेला परेको उल्लेख छ । विभिन्न बेलायती जासुसहरुसँग गरिएको कुराकानीमा युद्धका बेला आम नागरिकको हत्या भएको पुष्टि भएको बताइएको छ । तर बेलायती रक्षा मन्त्रालयले भने उक्त अनुसन्धानको खण्डन गरेको छ ।

मन्त्रालयले युद्धका बेला कुनै गैरकानूनी काम नगरेकाले आफ्ना सैनिकहरुलाई कारवाही गर्न नपर्ने स्पष्ट पारेको छ । बीबीसीले भने अनुसन्धानका क्रममा भेटिएका प्रमाणका आधारमा ती सैनिक अधिकारीहरुलाई युद्ध अपराधमा मुद्धा चलाउन सकिने प्रशस्त प्रमाण रहेको उल्लेख गरेको छ । सन् २००३ मा बेलायती सेनाले इराकको बसरामा गस्तीका क्रममा जथाभावी गोली चलाएको आरोप लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू