अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१८ | Colorodo: 01:33

नेकपा सचिवालय बैठक सम्पन्न, प्रधानमन्त्री ओलीलाई मन्त्री परिवर्तनको अनुमति

बिआरटीनेपाल २०७६ मंसिर १ गते ८:१९ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रीपरिषद् पुनर्गठनको अनुमति दिएको छ । यो संगै लामो समयदेखि चर्चामा रहेपनि कार्यान्वयन हुन नसकेको मन्त्रिपरिषद सदस्य परिवर्तनले एक दुई दिन मै पूर्णता पाउने संकेत देखिएको छ ।

आइतबार साँझ बालुवाटारमा बसेको सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले त्यसका लागि अनुमति दिएसँगै प्रधानमन्त्रीले ओलीले सोमबार या मंगलबारसम्म केही मन्त्रीहरु हटाउने र नयाँ ल्याउने तयारी गरेको सचिवालय श्रोतले बताएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले औपचारिक रुपमा मन्त्री परिवर्तन गर्नेबारे प्रस्ताव गर्नुभएको थियो । त्यस कामलाई अघि बढाउन सचिवालय सदस्यहरुले प्रधानमन्त्रीलाई अनुमति दिएका हुन् । यसबारे आफ्ना पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एक्लै पटक–पटक छलफल गरेको पृष्ठभूमिमा ओलीले सचिवालय बैठकमै त्यसबारे कुरा राख्नुभएको थियो ।

उपचारका लागि विदेश जानुपूर्व अन्य काम जस्तै मन्त्रीपरिषद् परिवर्तन गर्ने ओलीको चाहना अनुसार काम अघि बढेको बुझिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू