अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३४ | Colorodo: 01:49

सरकारको लोकप्रियता देखाउन उपनिर्वाचन अग्नीपरिक्षा – अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७६ मंसिर १ गते ८:१६ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आसन्न उपनिर्वाचन सरकारको लोकप्रियता देखाउने अग्निपरिक्षा रहेको बताउनुभएको छ । पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकारको लोकप्रियता बढेको छ भन्ने सावित गर्नेगरी उपनिर्वाचनमा पार्टीलाई विजयी गराउने गरी प्रचार अभियानमा खटिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

सरकारको लोकप्रियता घट्यो भन्नेहरुलाई गलत सावित गराउन तथा पार्टी र सरकारको लोकप्रियता बढेर गएको देखाउन पनि सो उपनिर्वाचनमा पार्टीको पक्षमा परिमाण आउने गरी निर्वाचन अभियानमा होमिनुपर्ने बेला आएको प्रचण्डको भनाई थियो । उहाँले उपनिर्वाचनमा पार्टीले अन्य पार्टीले जितेको ८० प्रतिशत क्षेत्रमा पनि विजय हासिल गर्ने रिर्पोटहरु आईरहेको उल्लेख गर्नुभयो । उपनिर्वाचनमा सबै क्षेत्रमा विजयी भएर आगामी ३ वर्षपछि हुने आम निर्वाचनमा पार्टीलाई झनै शक्तिशाली बनाउने आधार तयार पार्नुपर्ने प्रचण्डको भनाई थियो ।

अध्यक्ष प्रचण्डले पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाललाई विकास, निर्माण र समृद्धीको विशाल फौजको रुपमा रुपान्तरण गर्न आफूले चाहेको बताउनुभयो । युवा रोजगारीका विभिन्न कार्यक्रम संचालन गर्न राष्ट्रिय युवा संघ, नेपाललाई प्रचण्डले निर्देशन समेत दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू