अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२९ | Colorodo: 20:44

“कालापानीबाट विदेशी सेनालाई फिर्ता पठाउँछौं” –प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७६ मंसिर १ गते ८:१८ मा प्रकाशित

नेपाल सरकारका प्रधानमन्त्री केपी ओलीले कालापानीबाट भारतीय सेना फिर्ता पठाउने बताउनुभएको छ । नेकपाको भ्रातृ संगठन युवा संघले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सेना फिर्ता लैजान भारतलाई आग्रह गर्नुभयो ।

सरकारले नेपाली भूमिबाट विदेशी सेनालाई फिर्ता पठाउने दाबी गर्दै उहाँले नेपाल भारत सरकारसँग संवाद गर्न सक्ने हैसियतमा रहेको भन्दै संवादबाट समस्या समाधान गरिने प्रष्ट पार्नुभयो । उहाँले सिमाना अहिले आएर नमिचिएको भन्दै यसअघिका शासकको कमजोरीका कारण मिचिएको तर, भूभाग फिर्ता लिन अहिलेको सरकार सक्षम रहेको बताउनुभयो । कालापानीमा भारतीय सेना अघिल्लै शताब्दीमा बसेको समेत उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू