अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५१ | Colorodo: 04:06

सूर्य नेपालले तिर्‍यो सबैभन्दा बढी कर, यी हुन् बढी कर तिर्नेहरू

पवन तिमिल्सिना २०७६ कार्तिक ३० गते २२:५० मा प्रकाशित

काठमाडौं: नेपालका सबैभन्दा धेरै कर तिर्ने करदाताको सूची सार्वजनिक भएको छ। आन्तरिक राजश्व विभागले आठौँ कर दिवसका अवसरमा आइतबार काठमाडौँमा गरेको कार्यक्रममा सबैभन्दा धेरै कर तिर्ने करदाताका सूची सार्वजनिक गरेको हो।

विभागले क्षेत्र गत हिसाबमा सबैभन्दा धेरै कर तिर्ने १५ करदाताको सूची सार्वजनिक गरेको हो। सूचीको पहिलो नम्बरमा सूर्य नेपाल प्रा. ली. परेको छ । निर्यातकर्तामध्ये सबैभन्दा धेरै कर तिर्नेमा डाबर नेपाल प्रा. ली छ। व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्नेमा सिद्धार्थ शमशेर जबरा देखिएका छन्।

सूचीमा कृषि एवं पशुपक्षी उद्योग, सहकारी तथा लघुवित्त, बैङ्क र वित्तीय संस्था, बिमा व्यवसाय, स्वास्थ्य तथा शिक्षा सेवा लगायत विभिन्न क्षेत्र गत आधारमा बढी कर तिर्ने करदाताको नाम छ। आर्थिक वर्ष ०७५/७६ मा बढी कर तिर्ने विभिन्न क्षेत्रका उद्योगीहरूलाई अर्थमन्त्री युवराज खतिवडाले सम्मान गरेका हुन् ।

यस्तो छ सूची
ठुलो करदाता – सूर्य नेपाल प्रा.ली.
निर्यातकर्ता- डाबर नेपाल प्रा.ली.
उद्योग (मदिरा र चुरोटबाहेक) – जगदम्बा स्टिल
कृषि – अन्नपूर्ण एग्रो
सहकारी तथा लघुवित्त- छिमेकी लघुवित्त
बैङ्क तथा वित्त – राष्ट्रिय वाणिज्य बैङ्क
बिमा व्यवसाय – नेपाल लाइफ इन्स्योरेन्स
स्वास्थ्य शिक्षा – मणिपाल नेपाल
सूचना तथा सञ्चार – वर्ड लिङ्क
व्यापार तथा व्यवसाय- अग्नि इनकर्पोरेट

पर्यटनतर्फ – तारा गाउँ रिजेन्सी
मध्यम स्तरीय कर दाता – कामना विकास बैङ्क
आन्तरिक करतर्फ – घोराही सिमेन्ट
व्यक्तिगततर्फ – सिद्धार्थ शमशेर जबरा

अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू