अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०५ | Colorodo: 23:20

शरदको उत्कृष्ट व्याटिङको मद्दतमा नेपालद्वारा हङकङ पराजित

बिआरटीनेपाल २०७६ कार्तिक ३० गते ६:५१ मा प्रकाशित

बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले हङकङलाई ४० रनले पराजित गरेको छ । हङकङले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा १० विकेटको क्षतिमा २१७ रन बनाएको थियो।

नेपालका लागि शरद भेषवाकरले उत्कृष्ट व्याटिङ गर्दै अर्धशतक पूरा गरे। १ सय ३९ बलको सामना गरेको शरदले नौ चौकाको मद्दतमा ८९ रन बनाए। यस्तै आरिफ शेखले ४२, दिपेन्द्रसिंह ऐरीले ३७, विनोद भण्डारीले १५ रन जोडे।

नेपाललाई मध्यम स्कोरमा समेट्न हङकङका अजिज खानले तीन तथा नस्रुल्लाह राना र एहसान खानले दुई–दुई विकेट लिएका थिए। २ सय १८ रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको हङकङले ४५ ओभर पाँच बलमा अलआउट हुँदै १ सय ७७ रन मात्रै जोड्न सक्यो।

हङकङका किन्चित शाहले अर्धशतक पूरा गरे। ८० बलको सामना गरेका उनले तीन चौका र एक छक्को मद्दतमा ५३ रन जोडे। यस्तै एहसान खानले ४४ र हारुन अर्शदले २६ रन बनाए। नेपाललाई जित दिलाउन करण केसी र अविनाश बोहोराले तीन–तीन तथा सुसन भारीले दुई विकेट लिए। बिहीबार भएको आफ्नो पहिलो खेलमा नेपाल भारतसँग सात विकेटले पराजित भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू