अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५८ | Colorodo: 01:13

प्रधानमन्त्री ओलीको तेस्रो पटक डायलासिस, आजै बालुवाटार फिर्ता

बिआरटीनेपाल २०७६ कार्तिक ३० गते ६:४६ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रो पटक डायलासिस भएको छ । ग्राण्डी अस्पतालमा डायलासिस गर्नुभएका ओली आजै बालुवाटार फर्कनुभएकोे अस्पताल स्रोतले बताएको छ। गत कार्तिक १३ र १४ गते दुई पटक डायलासिस गरेका ओलीको यो बीचमा अर्को डायलासिस आवश्यक पर्न सक्ने बताइरहेका बेला शनिबार त्यो सम्पन्न गरिएको हो।

यो सँगै अब प्रधानमन्त्री ओलीको नियमित डायलासिस गर्ने कि पुनः मिर्गौला प्रत्यारोपण गर्ने भन्नेबारे चिकित्सकहरु छलफलमा छन्। उहाँको थप उपचार सकेसम्म अमेरिका नभए भारतमा गर्ने योजना पनि बनिरहेको छ। दोस्रो पटक डायलासिस गरेपछि ओली कुनै पनि सार्वजनिक कार्यक्रममा भाग नलिइ बालुवाटार भित्रै रहेर काम गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू