अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३३ | Colorodo: 20:48

महाकाली नदीको उद्गम स्थल भन्दा पश्चिमी भुभाग नेपालकै होः सभापति देउवा

बिआरटीनेपाल २०७६ कार्तिक ३० गते ६:४४ मा प्रकाशित

नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले महाकाली नदीको उद्गम स्थल भन्दा पश्चिमी भुभाग नेपालको रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन कन्चनपुर शाखाले शनिबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापती देउवाले उक्त कुरा बताउनुभएको हो ।

उहाँले कालापानी क्षेत्र नेपालको रहेको बताउदै सो नाका त्रिदेशिय नाका रहेको उल्लेख गर्नुभयो । देशको सीमा मिचिँदा समेत दुई तिहाइको सरकार मौन रहेको सभापति देउवाको आरोप छ । अतिक्रमीत भुमी फिर्ता गर्न सरकारले पहल गर्नु पर्ने उहाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू