अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५५ | Colorodo: 09:10

भारतद्धारा अतिक्रमित भूमिमा अनेरास्ववियूूले राष्ट्रिय झण्डा फहरायो, विद्यार्थी र एसएसबीबीच सीमावर्ती क्षेत्रमा झडप

बिआरटीनेपाल २०७६ कार्तिक ३० गते ६:४५ मा प्रकाशित

इलामको सन्दकपुरमा भारतद्वारा अतिक्रमित भूमिमा अनेरास्ववियु इलामका नेता तथा कार्यकर्ताले नेपालको राष्ट्रिय झण्डा फहराएका छन् । करिब ४० जनाको संख्यामा इलाम सदरमुकामबाट गएको अखिलको टोलीले सन्दकपुरमा राष्ट्रिय झण्डा फहराएको हो। सन्दकपुर गाउँपालिका वडा नं ४ मा भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीका नेता तथा कार्यकर्ताले भारतीय सीमा सुरक्षा बल एसएसबीसंग प्रतिकार गरि शनिवार नेपालको राष्ट्रिय झण्डा फहराएका हुन् ।

अखिलका केन्द्रीय सदस्य रविन्द्र सुवेदीको नेतृत्वमा भारतद्वारा अतिक्रमित भूमिमा नेपाली राष्ट्रिय झण्डा फहराउन शुक्रबार नै अखिलको टोली सन्दकपुर पुगेको थियो । केही समय अगाडि गाउँपालिकाले निर्माण सुरू गरेको भ्यु टावरलाइ निर्माण अवरूद्ध गरि भारतले कव्जा गरेको थियो। भारतीय पक्षले भ्यू टावर निर्माण कार्यमा अवरोध गरी त्यहाँ प्रवेश निषेधको बोर्ड राखेको थियो । प्रदर्शनका क्रममा अनेरास्ववियुका विधार्थीले भारतद्वारा निषेधित क्षेत्र भनेर लेखिएको बोर्डसमेत फालिदिएको सुवेदीले जानकारी दिनुभयो ।

सो कव्जा गरेको जमिनमा अनेरास्ववियुले नेपालीको राष्ट्रिय झण्डा फहराउन खोज्दा एसएसबीले वल प्रयोग गरेपछि सामान्य झडप समेत भएको थियो। कव्जा गरिएको जमीनमा राष्ट्रिय झण्डा फहराएपछि विधार्थीहरूले नाराजुलुस गरेका थिए । भारतले हालै कालापानी, लिम्पियाधुरालगायत नेपाली भूमि आफ्नो पक्षमा रहेको नक्सा सार्वजनिक गरेपछि इलामका विद्यार्थी नेपाली भूमि फर्काउने दबाबस्वरूप आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले गत बिहीबार सीमावर्ती क्षेत्र पशुपतिनगरमा पनि सीमा रक्षाका लागि नारा–जुलुस गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू