अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५७ | Colorodo: 03:12

शिक्षामन्त्रीद्धारा नेपाली सीमा मिचिएको बारे भारतीय मन्त्रीको ध्यानाकर्षण

बिआरटीनेपाल २०७६ कार्तिक ३० गते ६:४१ मा प्रकाशित

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाली सीमा मिचिएको बारे भारतीय मन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ । सरकारले कूटनीतिक प्रयासबाट सीमा विवाद मिलाउने बताइरहेका बेला शिक्षा मन्त्री पोखरेलले भारतीय मानव संशाधन विकासमन्त्री रमेश पोख्रियाल निशांकलाई भेटेर जारी नयाँ नक्साबारे असन्तुष्टि जनाउनुभएको हो ।

मन्त्री पोखरेलका स्वकीय सचिव विनोद न्यौपानेले फ्रान्सको पेरिसमा जारी संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको ४० औं महासभा बैठकका क्रममा मन्त्री पोखरेलले भारतीय समकक्षीसँग नेपाल–भारतबीचको सीमा विवादबारे ध्यानाकर्षण गराएको जानकारी दिनुभयो । न्यौपानेका अनुसार, मन्त्री पोखरेलले कूटनीतिक पहलमार्फत सीमा विवाद हल गरेर सम्बन्ध प्रगाढ गराउन भारतीय समकक्षीसँग आग्रह गनुभएको छ । भेटमा दुई देशका मन्त्रीबीच गुणस्तरीय शिक्षाको विकास लगायत विषयमा पनि छलफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू