अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१२ | Colorodo: 22:27

बारमा भेटिएपछि नेपाली राष्ट्रिय फुटबल टिमका चार खेलाडी बर्खास्त

बिआरटीनेपाल २०७६ कार्तिक ३० गते ६:२४ मा प्रकाशित

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई बर्खास्त गरेको छ । विश्वकप छनोट अन्तर्गत कुवेतसँग खेल्ने टिममा रहेका फरवार्ड विमल घर्तिमगर, मिडफिल्डर अन्जन विष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई एन्फाले कारबाही गर्दै बर्खास्त गरेको हो ।

राष्ट्रिय टिमका चार खेलाडी हिजो राति ठमेलस्थित एक बारमा गएको भेटिएपछि एन्फाले उनीहरुलाई कारबाही गरेको हो । कारबाहीमा परेका विमल सहित चार खेलाडीले कुवेतविरुद्धको खेल खेल्नबाट पनि बञ्चित भएका छन् । बर्खास्त भएका चारै जना खेलाडीको स्थानमा ४ नयाँ खेलाडीले स्थान बनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू