अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५६ | Colorodo: 10:11

गण्डकी प्रदेश र वासिङ्गटन राज्यबीच भगिनी सम्बन्ध कायम गर्ने प्रयास सकारात्मकः मुख्यमन्त्री गुरुङ

बिआरटीनेपाल २०७६ कार्तिक ३० गते ६:२१ मा प्रकाशित

नेपालको गण्डकी प्रदेश र अमेरिकाको वासिङ्गटन राज्यबिच भगिनी सम्बन्ध स्थापित गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको छ । अमेरिकाको भ्रमण गरेका गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गका अनुसार वासिङ्गटन राज्यसँग गण्डकी प्रदेशको भौगाेिलक अवस्थामा धेरै समानता रहेको छ।

त्यसैले विकास र सम्वृद्धिका लागि सहकार्य गर्ने उद्देश्यले भगिनी राज्यको सम्बन्ध कायम गर्ने प्रस्ताव गरेको र त्यसमा वासिङ्गटनका गभर्नर जे इन्जली सकारात्मक रहेको जानकारी दिनुभयो । गण्डकीका मुख्यमन्त्री गुरुङसहितको टोली वासिङ्गटनका गभर्नर इन्जलीको निम्तोमा अमेरिका जानुभएको छ । मुख्यमन्त्री गुरुङ र वासिङ्गटनका गभर्नर इन्जलीबिच सियाटलमा भेटवार्ता भएको हो ।

भेटको क्रममा आफूहरुबिच दुई राज्यबिच सहकार्य स्थापित गर्ने विषयमा छलफल भएको मुख्यमन्त्री गुरुङले बताउनुभयो । वासिङ्गटनमा पनि गण्डकी प्रदेशमा जस्तै तालहरु रहेको र नेपालको जस्तै वासिङ्गटन राज्यको आधिकारिक फूल लालिगुराँस रहेको छ । आफूले वासिङ्गटनका गभर्नर इन्जलीलाई गण्डकी प्रदेश भ्रमणको निम्तो दिएको र इन्जलीले चाँडै आउने प्रतिबद्धता जनाएको मुख्यमन्त्री गुरुङले जानकारी दिनुभयो । भ्रमणको क्रममा आफूहरुले वासिङ्गटन राज्यका विभिन्न काउन्टी तथा समग्र राज्यमै कानूनी अपराध न्यूनिकरण तथा दण्डहिनता अन्त्य गर्ने सम्बन्धमा भइरहेका प्रयासहरुबारे अध्ययन गरेको मुख्यमन्त्री गुरुङले बताउनुभयो । यस्तै त्यहाँको प्रहरीको कार्यशैली र अपराध अनुसन्धानको प्रक्रियाबारे पनि जानकारी लिएको र त्यसले आफ्नो प्रदेशमा कानून कार्यान्वयनका लागि सहयोग पुग्ने गुरुङले बताउनुभयो ।

यस्तै अमेरिका भ्रमणको क्रममा युएस–नेपाल मेडिकल फाउन्डेसनका पदाधिकारीसँग पनि कुराकानी गरेको बताए । मेडिकल शिक्षाका सम्बन्धमा भएको कुराकानी सकारात्मक रहेको मुख्यमन्त्री गुरुङले जानकारी दिनुभयो । गण्डकी प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालय स्थापनाका लागि छलफल सकारात्मक भएको र अक्सिजन प्लान्ट निर्माणका बारेमा पनि कुराकानी भएको उहाको भनाई छ ।

प्रतिक्रिया