अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३७ | Colorodo: 21:52

सचिन तेन्दुलकरले त्रिवि मैदानमा खेले क्रिकेट

बिआरटीनेपाल २०७६ कार्तिक ३० गते ६:२० मा प्रकाशित

विश्व क्रिकेटका महान खेलाडी सचिन तेन्दुलकरले त्रिवि मैदानमा क्रिकेट खेलेका छन् । शुक्रबार राति नेपाल आएका सचिन शनिबार बिहान त्रिवि मैदान गएका हुन् ।

त्रिवि मैदानको अवलोकनपछि उनले त्यहाँ क्रिकेट खेलेका हुन् । युनिसेफको सद्भावना दूत रहेका सचिन नेपाल आएका हुन् । बाल अधिकार सम्बन्धी महासन्धि पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफ नेपालले उनलाई नेपाल ल्याएको हो ।

प्रतिक्रिया