अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५३ | Colorodo: 22:08

प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकारमा सूर्य थापा नियुक्त

बिआरटीनेपाल २०७६ कार्तिक ३० गते ०:३१ मा प्रकाशित

पत्रकार तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापा प्रधानमन्त्रीको प्रेस सल्लाहाकार बन्नुभएको छ । उहाँ दोहोरिएर प्रधानमन्त्रीको प्रेस सल्लाहकार हुने पहिलो व्यक्ति बन्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा थापा नियुक्त भएपछि उहाँ दुई पटक प्रधानमन्त्रीको प्रेस सल्लाहाकार हुने पहिलो व्यक्ति हुनुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको मन्त्रिपरिषद् बैठकले थापालाई नियुक्त गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको प्रेस सल्लाहकारका रुपमा कार्यरत डा. कुन्दन अर्यालले दिएको राजीनामा स्वीकृत गर्दै थापालाई नियुक्त गरिएको थियो । वि.सं. २०६७ मा तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल प्रधानमन्त्री हुँदा उनको प्रेस सल्लाहकारको जिम्मेवारी थापाले पाउनुभएको थियो । खनालको सल्लाहकारका रुपमा उहाँले सात महिना काम गर्नुभएको थियो ।

त्यसअघि थापा तत्कालीन उपप्रधान तथा अर्थ मन्त्री भरतमोहन अधिकारीको प्रेस सल्लाहकार बन्नुभएको थियो । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका थापा नवयुग, बुधबार साप्ताहिकको पूर्वसम्पादकसमेत हुनुहुन्छ । । थापाका चार वटा पुस्तक विश्वमा राजतन्त्रः उत्थान, पतन र भविश्य, नेपालमा राजतन्त्र र दलहरुबीचको सङ्घर्ष, राजतन्त्रको अर्थराजनीति र नेपालमा गणतन्त्र र राज्यको पुनरसंरचना प्रकाशित छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू