अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१६ | Colorodo: 07:31

दाङ र कपिलवस्तुको सीमाबाट चन्द समूहका ठूलो परिमाणमा हतियार बरामद

बिआरटीनेपाल २०७६ कार्तिक ३० गते ०:३० मा प्रकाशित

प्रहरीले नेत्रविक्रम चन्द समूहबाट ठूलो परिमाणमा हतियार बरामद गरेको छ । दाङ र कपिलवस्तु जिल्लाको सीमा क्षेत्रबाट दाङ प्रहरीले एसएमजी लगायत हातहतियारसहित ३ सय ९० राउण्ड गोली फेला पारेको छ ।

चन्द समूहले उक्त हातहतियार स्थानान्तरण गर्दैछ भन्ने गोप्य सूचनाको आधारमा शुक्रबार साँझ गएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ र गढवा ईलाका प्रहरी कार्यालयको संयुक्त टोलीले दाङको गढवा गाउँपालिका र कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्वर १ को सिमानाबाट राईफलको म्याग्जिन १३ थान, राइफलमा प्रयोग हुने ३ सय ९० राउण्ड गोली, एसएमजी राईफल ५ थान, हतियार राख्न प्रयोग हुने सुटकेश १ थान फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी जनक भट्टराईले जानकारी दिनुभयो ।

बेवारिसे अवस्थामा रहेको एक खाली गोठमा सुटकेशभित्र लुकाइराखेको अवस्थामा हतियार फेला पारिएको उहाँले जानकारी दिनुभयो । असोज ३० मा प्रहरीले राजपुर ४ मगरैनाको जंगलमा बैठकस्थल नियन्त्रणमा लिई चन्द समूहका २१ नेताहरू पक्राउ गरेको थियो । त्यसपछि उक्त हतियार फेला पारेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू