अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४८ | Colorodo: 04:03

भारतीय क्रिकेटर सचिन तेन्दुलकर काठमाण्डौंमा

बिआरटीनेपाल २०७६ कार्तिक ३० गते ०:२० मा प्रकाशित

भारतीय क्रिकेटर सचिन तेन्दुलकर शुक्रबार राति काठमाडौं आएका छन् । युनिसेफको आयोजनामा शनिबार कीर्तिपुरमा हुने प्रदर्शनी खेलका लागि तेन्दुलकर नेपाल आएका हुन् ।

बालअधिकारको पक्षमा सन्देश दिने उद्देश्यले आयोजित १० १० ओभरको क्रिकेट खेलमा राजधानीका विभिन्न विद्यालयका बालबालिकाको सहभागिता रहने छ । कीर्तिपरमा आज (शनिबार) बालबालिकाको एउटा टिमको कप्तान बनेर सचिनले क्रिकेट खेल्नेछन् भने अर्को टिमको कप्तान नेपाली क्रिकेटका पुर्व कप्तान विनोद दासले गर्नेछन् ।

प्रतिक्रिया