अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५३ | Colorodo: 23:08

बालुवाटार जग्गा प्रकरणमा तानिए कांग्रेस उपसभापति गच्छदार, अख्तियारले लियो चार घन्टा लामो बयान

बिआरटीनेपाल २०७६ कार्तिक ३० गते ०:१३ मा प्रकाशित

बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा व्यक्तिको नाममा सारेको विषयमा अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारसँग चार घन्टा लामो बयान लिएको छ । भौतिक योजना तथा निर्माण मन्त्रीको हैसियतले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने क्रममा गच्छद्धार बहुचर्चित ललिता निवास जग्गा अनियमितता प्रकरणको अनुसन्धानमा तानिनुभएको हो ।

केही दिनअघि भएको बयानका क्रममा उहाँले आफूमाथिको आरोप इन्कार गर्नुभएको बताईएको छ । प्रधानमन्त्रीको निवास विस्तारका क्रममा आफूले लगेको सैद्धान्तिक प्रस्तावमा बद्नियत थिएन भन्ने उहाँको दाबी रहेको अख्तियार स्रोतले जनाएको छ । विवादास्पद निर्णय हुनुअघि गच्छदारले समेत प्रस्तावमा केही निर्णय गरेका कारण अख्तियाले बयानका लागि बोलाएको हो । अब केही दिनमै ललिता निवासको जग्गा अनियमितता प्रकरणको मुद्दा विशेष अदालतमा लैजाने निर्णय हुनेछ । गच्छदारको बारेमा मुद्दा चल्ने वा नचल्ने भन्नेबारे केही टुंगो लागेको छैन।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू