अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

काभ्रेमा तेल ट्याङ्कर दुर्घटना, दुईको मृत्यु

बिआरटीनेपाल २०७६ कार्तिक ३० गते ०:१३ मा प्रकाशित

अरनिको राजमार्गको काभ्रेमा भएको तेल ट्याङ्कर दुर्घटनामा घाइते भएका चालक राजकुमार लामा र सहचालक कञ्चन लामाको उपचारका क्रममा मृत्यु भएको छ ।

हेटौँडा घर भएका ३० वर्षीय चालक लामाको धुलिखेल अस्पतालमा उपचारका क्रममा र मकवानपुर जिल्ला पालुङ घर भएका सहचालक कञ्चन लामाको थप उपचारका लागि नर्भिक अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डिएसपी दीपक गिरीले बताउनुभयो ।

धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको ना ७ ख ३७६० नम्बरको डिजेल बोकेको ट्याङ्कर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू