अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३३ | Colorodo: 03:48

ट्रम्पले कुटनीतिज्ञलाई धम्क्याएको आरोप, आलोचनात्मक ट्वीटले तरंग

बिआरटीनेपाल २०७६ कार्तिक ३० गते ०:०६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा सार्वजनिक रुपमा सुनुवाई गरिएको छ । आफूविरुद्ध सार्वजनिक सुनुवाइमा बयान दिने उच्च कूटनीतिक अधिकारीलाई लक्षित गरेर राष्ट्रपति ट्रम्पले गम्भीर आलोचनात्मक ट्वीट गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले सार्वजनिक सुनुवाइमा उपस्थित भएकी युक्रेनका लागि अमेरिकी पूर्व राजदूत मरी योवानाविचको आलोचना गरेर ट्वीट गर्नुभएको हो । महाअभियोग अनुसन्धानको क्रममा मरी योवानाविचको सुनुवाइ भइरहेका बेला ट्रम्पले ट्वीट गर्नुभएको छ । उहाँले योवानाविचलाई धम्क्याउने खालको ट्वीट गरेको बीबीसीले जनाएको छ ।

सुनुवाइका क्रममा योवानाविचलाई ट्रम्पको ट्वीटबारे पनि प्रश्न गरिएको समाचारमा जनाइएको छ । राष्ट्रपति ट्रम्पले पत्रकारसँग आफूले अनुसन्धानको क्रममा भइरहेको सुनुवाइको केही भाग हेरेको र त्यो लज्जास्पद रहेको प्रतिक्रिया दिनुभएको छ । सुनुवाइका क्रममा पूर्व राजदूत योवानाविचले केही प्रमाणहरु प्रस्तुत गरेको बताइएको छ ।

ट्रम्पमाथि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेर बाइडेन र उहाँका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन गर्न दबाब दिएको आरोप छ । ट्रम्पले आफूले कुनै अवैध काम नगरेको र भइरहेको महाभियोग लगाउने सम्बन्धी अनुसगलत भएको बताउँदै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू