अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३१ | Colorodo: 14:46

यू–१९ च्यालेन्जर क्रिकेट– भारतमा युवा टोलीको लगातार तेस्रो हार

बिआरटीनेपाल २०७६ कार्तिक २९ गते ८:२९ मा प्रकाशित

नेपाली यू–१९ युवा क्रिकेट टोलीले भारतमा जारी यू-१९ च्यालेन्जर एकदिवसीय सिरिजमा लगातार तेस्रो हार व्यहोरेको छ ।भारत बीलाई २ विकेटले नतिजा सुम्पीएपछि नेपालले लगातार तेस्रो हार व्यहोरेको हो । दुई सय ११ रनको लक्ष्य पच्छाएको भारत ४६ ओभर ३ बलमा ८ विकेट गुमाउँदै लक्ष्य भेटाउन सफल भयो । भारतको जितमा दिभेस जोसीले अर्धशतकीय पारी खेले ।

३७ बलको सामना गरेको दिभेसले ५४ रन बनाए । कुर्थिक कृष्णले ३९ रनको योगदान दिए । हर्ष राजेशले २९,सागर सुरेन्द्रले २८ रन तथा निर्मलले २० रन बनाए । नेपालका आकाश चन्दले सर्वाधिक ४ विकेट लिए । सागर ढकाल २ विकेट लिदाँ कुसल मल्ल र शेर मल्लको नाममा १/१ विकेट रह्यो ।

यसअघि पहिला ब्याटिङ गरेको नेपालले ४९ दशमलब ५ ओभरमा अलआउट हुँदै २ सय १० रन बनाएको थियो । नेपालका लागि कप्तान रित गौतम अर्धशतक बनाएपनि टोलीलाई जिताउन सकेनन् । ९३ बलको सामना गरेका उनले १२ चौका र १ छक्काको मदतमा ८४ रनको योगदान दिएका थिए । शेर मल्लले ३३ रन बनाउँदा हरी बहादुर चौहानले २०,आकाश चन्दले १८,कुशल मल्ले १२ तथा सागर ढकालले ९ रन बनाए ।

भारत बी का लागि दिव्यंश जोशीले ३ विकेट लिँदा अथर्व विनोद अनकोलेकर २, अकीब खान, नरेश खान र नर्मल कुमारले समान १ विकेट लिएका थिए । यसअघि नेपालले भारतका दुइ टोलीसँग पराजित भएको थियो ।

प्रतिक्रिया