अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:११ | Colorodo: 01:26

इजरायलले गरेकोे हवाइ आक्रमणमा इस्लामिक विद्रोहीसहित ३४ को मृत्यु

बिआरटीनेपाल २०७६ कार्तिक २९ गते ८:१६ मा प्रकाशित

इजरायलले गाजापट्टीमा गरेको हवाइ हमलामा इस्लामिक विद्रोहीसहित कम्तीमा ३४ जनाको मृत्यु भएको छ । आक्रमणमा सयौं घाइते भएका छन् । इजरायली र इस्लामिक जिहादी विद्रोहीबीच दुई दिनसम्म चलेको हमलामा सयौं परिवार बिस्थापित भएको बताइएको छ । मारिनेहरुमा स्थानीय रहेको बताइएको छ ।

गाजापट्टीमा भएको हमलामा घाइते भएका ६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुई पक्षबीच युद्धविरामको घोषणा हुनुअघि इजरायलले हवाइ हमला गरेको थियो । इस्लामिक जिहादका नेता र केन्द्रीय गाजा ब्रिगेडमा रकेट इकाइका कमाण्डर रस्मी अबु मल्होसलाई लक्षित गरी आक्रमण गरिएको बताइएको छ । मारिनेहरु अब्बुका परिवारका सदस्यहरु समाचारमा जनाइको छ । इजरायली सेनाका प्रवक्ता अविखाई अदराईले पनि उक्त हमलाको पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू