अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२८ | Colorodo: 09:43

व्यवसायी रुप ज्योती हाजिर जमानतमा रिहा

बिआरटीनेपाल २०७६ कार्तिक २९ गते ८:१५ मा प्रकाशित

उद्योगी रुप ज्योती हाजिर जमानतमा रिहा हुनुभएको छ । उहाँविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै सरकारी वकिल कार्यालयले हाजिर जमानतमा छाड्न प्रहरीलाई पत्र लेखेको थियो। उहाँ महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट रिहा हुनुभएको हो ।

१ करोड २६ लाख रुपैंया ठगी गरेको भन्दै विगेन्द्रकृष्ण मल्लले उजुरी दिएपछि गत बिहीबार रुप ज्योती र उहाँकी छोरी सुरुची त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ पर्नुभएको थियो ।

ठगी मुद्दा दायर गर्ने व्यक्तिले जाहेरी फिर्ता लिन प्रहरीलाई निवेदन दिएपछि रायअनुसार जिल्ला सरकारी वकिल कार्यालयले ज्योतिविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू