अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४० | Colorodo: 01:55

बंगलादेशी राष्ट्रपति हमिद आज स्वदेश फिर्ता

बिआरटीनेपाल २०७६ कार्तिक २९ गते ८:१३ मा प्रकाशित

चार दिने नेपाल भ्रमणमा रहनुभएका बंगलादेशी राष्ट्रपति अब्दुल हमिद आज स्वदेश फर्कनु भएको छ । उहाँ  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट स्वदेश फर्कनु भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ मंगलबार नेपाल आउनुभएको थियो ।

भ्रमणका क्रममा उहाँले राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, मन्त्रीहरु तथा उच्च पदस्थ अधिकारीहरुसंग भेटघाट गर्नुभएको थियो ।

भ्रमणमा रहँदा उहाँले राजधानी तथा भक्तपुरस्थित विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक स्थल, ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रको भ्रमण गर्नुभयो । हिजो उहाँले गण्डकी प्रदेशको पर्यटकीय नगरी पोखराका बिभिन्न क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू