अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१६ | Colorodo: 21:31

नेपाल चार्टर एकाउन्टेन्ट्स संस्थाको युएस च्याप्टरको प्रथम वार्षिक सम्मेलन सफलतापूर्वक सम्पन्न

विजय थापा २०७६ कार्तिक २८ गते ११:५२ मा प्रकाशित

७ सदस्यीय व्यवस्थापन समिति निर्वाचित

डिसी, नेपाल चार्टर एकाउन्टेन्ट्स संस्था को युएस शाखा(च्याप्टर )को प्रथम वार्षिक सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । उक्त सम्मेलनमा प्रथम वार्षिक सभाले अमेरिका शाखाको लागि संयोजकमा गणेश चन्द्र बानिया रहने गरी ७ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ ।

भर्जिनियाको भियनामा सम्पन्न भएको प्रथम वार्षिक बैठक तथा वार्षिक सम्मेलनमा राजदूत डा अर्जुन कुमार कार्की (बिधा वारिधि)प्रमुख अतिथि रहेका थिए भने विशेष अतिथिको रूपमा नेपाल चार्टर एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष कृष्ण प्रसाद आचार्य नेपालबाट आएका थिए ।

गत नोभेम्बर ९ शनिवारका दिन सम्पन्न उक्त कार्यक्रममा उक्त सम्मेलनमा प्रवासी नेपाली मञ्चका अध्यक्ष तथा समाजसेवी प्रभु थापा ,ईञ्जाका अध्यक्ष गुणराज लुइँटेल ,गैर आवासीय नेपाली सङ्घ अमेरिकाका उपाध्यक्ष कृष्ण जीवी पन्त ,नेपाली दूतावासका बाणिज्यदूत आर्थिक सल्लाहकार होमकान्त भण्डारी,अर्थविद प्रेम संग्रौला ,समाजसेवी कविन्द्र सिटौला ,सान कि अध्यक्ष मञ्जु संग्रौला ,एएनएका अध्यक्ष मेदनी अधिकारी,गैर आवासीय नेपाली सङ्घ भर्जिनिया शाखाका अध्यक्ष कृष्ण भण्डारी लगायत संस्थाका पदाधिकारी तथा आमन्त्रित अतिथिहरू रहेका थिए ।

आमन्त्रित अतिथिहरूले नेपाल चार्टर एकाउन्टेन्ट्स संस्थाले समाजमा खेल्नु पर्ने भूमिका सुझाव ,सल्लाह दिँदै शुभकामना मनतब्य दिएका थिए ।सम्मेलनको उद्घाटन कार्यक्रममा अमेरिका शाखाका संयोजक गणेश चन्द्र बानियाले स्वागत मन्तव्यको साथै संस्थाले गरेका गतिविधि ,आगामी कार्यक्रम ,संस्थाको उद्देश्य लगायत विषयमा चर्चा गरेका थिए ।

त्यसै गरी आईक्यानका अध्यक्ष कृष्ण प्रसाद आचार्यले आईक्यानको छोटो परिचय दिँदै आई क्यानले गरेका काम र गर्ने कार्यहरूको बारेमा चर्चा गरेका थिए । प्रमुख अतिथि डा कार्कीले विदेशमा हामीले प्राप्त गरेका ज्ञान र सिप नेपालमा लगेर सिकाउनु पर्ने सुझाव दिएका थिए । यसै गरी अमेरिका शाखाका उप संयोजक नवराज बरालले धन्यवाद ज्ञापन दिएका थिए भने उद्घाटन सत्रको कार्यक्रम सञ्चालन नमिसा भट्टराईले गरेकी थिइन् ।

उक्त सम्मेलनलाई ३ चरणमा कार्यक्रमलाई विभाजन गरिएको थियो । उद्घाटन सत्र पछि क्रमशः प्राविधिक सत्र र बन्द सत्र रहेको थियो । दोस्रो प्राविधिक सत्रमा निकै उत्साहजनक र अभिरुचिपूर्ण रहेको थियो ।

प्राविधिक सत्रमा वेंडी प्याटरसनले प्रमाणित जन लेखापाल (सिपिए)ले ब्लाकलाईन( एक शक्तिशाली वाणिज्य औजार ) ,ग्लिन हुर्म्यानले (आरपिए)रोबोटिक प्रोसेस अटोमेसन ,प्रेम संग्रौलाले विश्व अर्थतन्त्रमा नेपालको अवस्था ,बोनिषा पाण्डे (प्रमाणित जन लेखापाल (सिपिए)ले रेभेन्यु रिकोगनिसन एएससी ६०६ र डायसपोरा डिरेक्ट इन्भेस्टमेन्ट (डिडिआई) नामाक विषयमा डा देशराज संयोजकले कार्यपत्र प्रस्तुति गरेका थिए ।

अन्तिम बन्द सत्रबाट ७ सदस्यीय व्यवस्थापन समिति सदस्यहरू समेत निर्वाचित भएका छन् । नेपाल चार्टर एकाउन्टेन्ट्स संस्था को युएस शाखा(च्याप्टर )को व्यवस्थापन समिति सदस्यहरूमा क्रमशः संयोजकमा गणेश चन्द्र बानिया, उप संयोजक नयराज बराल, सचिवमा सुदर्शन चापागाईँ, कोषाध्यक्षमा ईश्वर पोख्रेल निर्वाचित भएका छन् ।

यसै गरी सदस्यहरूमा बिराजन पन्त, विनोद लम्साल तथा राजन घिमिरे निर्वाचित भएका छन् । नेपाल चार्टर एकाउन्टेन्ट्स संस्था अर्थात् इन्स्टिट्युट अफ चार्टर एकाउन्टेन्ट्स अफ नेपाल विशेष ऐन “नेपाल चार्टर एकाउन्टेन्ट्स ऐन, २०५३ अन्तर्गत स्थापना भएको नियम नकारी निकाय हो । युएस च्याप्टर(अमेरिकी शाखा ) नेपाल चार्टर एकाउन्टेन्ट्स संस्थाको आधिकारिक शाखा (च्याप्टर) हो ।

तत्कालीन आई क्यान नेपालका अध्यक्ष प्रकाश जङ्ग थापा लगायत अन्य आईक्यानका पदाधिकारीहरूको उपस्थितिमा युएस शाखा सन् २०१८ मा स्थापित भएको हो ।

प्रतिक्रिया