अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०६ | Colorodo: 16:21

फेसबूकले डिलिट गर्यो लगभग साढे ५ अर्ब फेक अकाउन्ट

बिआरटीनेपाल २०७६ कार्तिक २८ गते ७:३२ मा प्रकाशित

फेसबूकले यस वर्ष मात्र ५ अर्ब ४० करोड फेक अकाउन्टहरू बन्द गरेको बुधवार जनाएको छ । तर अझै लाखौं फेक अकाउन्ट सञ्चालनमै रहेको उसको भनाइ छ । सन् २०१८ मा उसले ३ अर्ब ३० करोड फेक अकाउन्ट हटाएको थियो ।

फेसबूकमा मासिक २ अर्ब ५० करोड प्रयोगकर्ता सक्रिय रहने गरेका छन् र तीमध्ये ५ प्रतिशत फेक अकाउन्ट हुन्, फेसबूक आफैंले स्वीकार गरेको छ । फेक अकाउन्ट बनाउनेबित्तिकै पत्ता लगाउने प्रविधि फेसबूकले विकसित गरेको भए पनि फेक अकाउन्ट बन्ने क्रम जारी रहेको छ ।

अमेरिकामा निर्वाचन आउन लागेको बेलामा फेक अकाउन्टको समस्या ठूलै चुनौतीको रूपमा रहेको छ । विश्लेषक र निगरानीकर्ताहरूले सामाजिक सञ्जालमा झूटा र अनर्थ लाग्ने विषयवस्तुको बाढी आउन सक्ने अनुमान गरेका छन् ।

पत्रकारहरूसँग कुरा गर्दै फेसबूकका सीईओ मार्क जुकरबर्गले यति ठूलो संख्यामा फेक अकाउन्ट हटाएर कम्पनीले यो विषयलाई गम्भीर रूपमा लिएको बताए अनि अन्य सामाजिक सञ्जाल प्ल्याटफर्मलाई यस्तै काम गर्न आह्वान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू