अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०६ | Colorodo: 21:21

भारतसंगको सीमा विवादलाई अहिले नै अन्तर्राष्ट्रियकरण गर्नु उपयुक्त हुँदैन – कांग्रेस नेता पौडेल

बिआरटीनेपाल २०७६ कार्तिक २८ गते ७:३० मा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सीमा विवादलाई अहिले नै अन्तर्राष्ट्रियकरण गर्नु उपयुक्त नहुने बताउनुभएको छ । बिहीबार झापाको बिर्तामोडमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली भूमिको चारैतिरका सीमाका ठोस प्रमाणहरु जुटाएर द्विपक्षीय वार्ताबाटै समाधान खोज्नुपर्ने उल्लेख गर्नुभयो ।

नेता पौडेलले वार्ताबाट समाधान ननिस्किएमात्र मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सकिने धारणा राख्नुभयो । अहिलेको सरकार बहुमतको सरकार भएकाले देशका चारैतिरका साँध–सीमाहरु व्यवस्थित गर्नेतर्फ सशक्तरुपमा प्रस्तुत हुनुपर्ने उहाँको भनाइ थियो ।

नेता पौडेलले सीमास्तम्भहरु ढलेपछि बनाउन ध्यान नदिईएको उल्लेख गर्दै अहिले राष्ट्रियरूपमा जागरण आएका बेला सरकारले पहल गरेर भूमि विवाद समाधान गर्नुपर्ने धारणा राख्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू