अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५५ | Colorodo: 01:10

विश्व मधुमेह दिवस मनाईयो, रोगबाट बच्न सन्तुलित भोजन र व्यायाममा जोड दिन चिकित्सकको सुझाव

बिआरटीनेपाल २०७६ कार्तिक २८ गते ७:३१ मा प्रकाशित

आज विश्व मधुमेह दिवस, नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । मधुमेह रोगबाट बच्न सन्तुलित भोजन र व्यायाममा जोड दिन चिकित्सकहरुले सुझाव दिएका छन् । विश्व मधुमेह दिवसका अवसरमा बिहीबार नेपाल मधुमेही समाजले काठमाडौंमा गरेको कार्यक्रममा उनीहरुले असन्तुलित खानापान एवं व्यायामको कमीले मधुमेह लाग्नसक्ने भन्दै नियमित व्यायाममा जोड दिएका हुन् ।

कार्यक्रममा मधुमेह विशेषज्ञ प्रा. डा. प्रदीपकुमार श्रेष्ठले शरीरको आवश्यकताभन्दा बढी परिमाणमा खाना नखान, तौल नबढाउन र अनावश्यक तनाव नलिन सुझाव दिनुभयो । नेपालमा मधुमेहका रोगीको संख्या बढ्दै गएको भन्दै रोग नियन्त्रणका लागि जनचेतना आवश्यक रहेकामा समेत जोड उहाको जोड थियो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्वास्थ्य क्षेत्रमा लगानी गर्न महानगरपालिका तयार रहेको बताउनुभयो । मधुमेहबाट विश्वको कुल जनसंख्यामध्ये ८.६ प्रतिशत मानिस प्रभावित छन् । नेपालमा भने यो रोगबाट ८ प्रतिशत जनसंख्या प्रभावित रहेको तथ्यांक छ । कार्यक्रममा मधुमेह रोगका बिरामी र चिकित्सकबीच अन्तरक्रिया समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू