अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२४ | Colorodo: 22:39

नेपालमा ओझेल परेका गन्तव्य समेटिएको ‘ट्राभल शो’ संचालन हुने , नेपाल भ्रमण वर्ष २०२० को प्रचार गर्ने लक्ष्य

बिआरटीनेपाल २०७६ कार्तिक २८ गते ७:२९ मा प्रकाशित

नेपाल सरकारले आसन्न भ्रमण वर्ष २०२० को प्रचार–प्रसार गर्ने उद्देश्यले ‘पल्सर द नेक्स्ट डेस्टिनेसन’ नाम पाक्षिक टेलिभिजन ट्रोभल शो प्रशारण गर्ने जनाएको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’सचिवालयले निजी क्षेत्रसँगको सहकार्यमा उक्त ‘ट्राभल सो’ निर्माण गरी प्रसारणको तयारी गरेको हो । ‘म्यापिङ न्यु डेस्टिनेसन’को नारासहित निर्माण गरिएको कार्यक्रमबारे बिहीबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको हो । कार्यक्रम नेपाल टेलिभिजन तथा हिमालयन टेलिभिजनमार्फत् प्रसारण हुने छ । कार्यक्रममा बोल्दै सचिवालयका संयोजक सुरज वैद्यले नेपालको प्रचारप्रसारमा सचिवालय अग्रसर रहेको बताउनुभयो ।

द होराईजन मल्टिमिडिया तथा ‘नेपाल भ्रमण वर्ष’ सचिवालयलको सहकार्यमा उक्त कार्यक्रम निर्माण गरिएको द होराईजन मल्टिमिडियाका अध्यक्ष राधाकृष्ण धितालले जानकारी दिनुभयो । नेपाल टेलिभिजन र हिमालयन टेलिभिजनबाट प्रसारण हुने कार्यक्रममा नेपालका विभिन्न २६ वटा पर्यटकीय गन्तव्य समेटिनेछन् । कार्यक्रममा गन्तव्यको ऐतिहासिक, भाषिक, सांस्कृतिक, धार्मिक पाटासँगै त्यहाँको जीवनशैली, खानपान र कथालाई समेटिने बताइएको छ ।

कार्यक्रम नेपाली भाषासहित हिन्दी, अंग्रेजी र चिनियाँभाषामा समेत सबटाइटल गरी विभिन्न माध्यमबाट विभिन्न देशमा समेत प्रचार–प्रसार गरिनेछ । जसले विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने विश्वास लिइएको सचिवालयले जनाएको छ । कार्यक्रमको पहिलो अंक शुक्रबार नेपाल टेलिभिजनमा प्रशारण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू