अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२४ | Colorodo: 02:39

डा. गोविन्द केसीका मागबारे मलाई थाहा छैनः कांगेस सभापति देउवा

बिआरटीनेपाल २०७६ कार्तिक २८ गते ७:२८ मा प्रकाशित

नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले डाक्टर गोविन्द केसीका मागका बारेमा आफूलाई अहिलेसम्म जानकारी नभएको बताउनुभएको छ । शुक्रबार कञ्चनपुरमा हुने नेपाल शिक्षक संघको प्रदेश भेला उद्घाटन गर्न बिहीबार धनगढी पुग्नुभएका सभापति देउवाले धनगढी विमानस्थलमा पत्रकारसंग कुरा गर्दै अनसन तोडेकोमा डाक्टर केसीलाई धन्यवाद भने दिनुभयो ।

‘अनसन तोडेकोमा डाक्टर केसीलाई धन्यवाद छ तर उहाँका मागका बारेमा भने मलाई थाहा छैन।’ –सभापति देउवाले भन्नुभयो । डाक्टर गोविन्द केसी डडेल्धुरामा ९ दिन अनसन बसी अनसन स्थगित गरेर आज मात्र काठमाडौं फर्किनुभएको छ ।

एक फरक प्रसंगमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले लिपुलेकका सम्बन्धमा देखिएको विवादको समाधान कुटनैतिक तवरबाट खोजिनु पर्ने बताउनुभयो । सडकमा नाराजुलुस गरेर समस्याको समाधान नहुँने भएकोले सरकारले कुटनितिक पहल गर्नपर्ने उहाको धारणा थियो ।

सभापति देउवाले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा कांग्रेसको कुनै दलसँग तालमेल नरहने स्पष्ट पार्नुभयो । सभापति देउवाले नेविसंघको नेतृत्व चयन पनि चाँडै हुने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू