अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०३ | Colorodo: 12:18

१३ औं सागका लागि नेपाली पुरुष क्रिकेट टोलीको घोषणा

बिआरटीनेपाल २०७६ कार्तिक २८ गते ७:२६ मा प्रकाशित

आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सागका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । यसअघि प्रारम्भिक चरणमा बोलाइएका ३५ खेलाडीबाट अन्तिम खेलाडीको नामावाली सार्वजनिक गरिएको हो ।

घोषित नेपाली टिममा राशिद खानले डेब्यु गर्ने भएका छन् । तर, आशालाग्दा खेलाडी शरद भेषावकर र बसन्त रेग्मीले यसपटक टिममा स्थान बनाउन सकेनन् । यस्तै युवा खेलाडी रोहित कुमार पौडेल, भिम सार्की र सागर ढकाल वैकल्पिकमा परेका छन् ।

घोषित टिममा ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सुशन भारी, आरिफ शेख, अविनास बोहरा, कुशल भुर्तेल र राशिद खान रहेका छन् । यसैगरी वैकल्पिक खेलाडीहरुमा रोहित कुमार पौडेल, भिम सार्की, सागर ढकाल लाई समेटिएको छ ।

प्रतिक्रिया