अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०४ | Colorodo: 12:19

हिन्दु राष्ट्रको माग सहित राप्रपाको जानकी– बुद्ध यात्रा शुरु

बिआरटीनेपाल २०७६ कार्तिक २८ गते ७:२५ मा प्रकाशित

हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी ( संयुक्त )ले जनकपुरधामबाट लुम्बिनीसम्मको जानकी–बुद्ध रथ यात्रा सुरु गरेको छ । जानकी मन्दिरबाट सुरु भएको रथयात्रामा सो पार्टीका अध्यक्षद्वय पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनीसँगै सुनिलबहादुर थापा, ध्रुवबहादुर प्रधान, विष्णु विक्रम लोहनी लगायतका पार्टीका शिर्ष नेता तथा सयौंको संख्यामा कार्यकर्ताहरु पनि सहभागी हुनुहुन्थ्यो ।

आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष जबराले ठूला पार्टीहरुले मुलुकका बहुसंख्यक जनताको भावना विपरीत मुलुकलाई धर्मनिरपेक्ष घोषणा गरेको आरोप लगाउनुभयो । हिन्दु राष्ट्र नेपालीकोे पहिचान रहेकोले राष्ट्रको पहिचान पुनः स्थापना गराउन रथ यात्रा सुरु गरेको उहाको भनाई थियो । मुलुक पुनः हिन्दु राष्ट्र घोषणा नभएसम्म हाम्रो आन्दोलन जारी रहने अध्यक्ष जबराको भनाई थियो ।

अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनीले कात्तिक २८ गते जानकी मन्दिरबाट सुरु भएको यात्रा वाल्मिकी आश्रम हुँदै मंसिर ४ गते बुद्ध जन्मस्थल लुम्बिनी गएर टुंगिने जानकारी दिनुभयो । हिन्दु राष्ट्र पुनःस्थापनाका लागि आफ्नो पार्टी शान्तिपूर्ण रुपमा चरणबद्ध धार्मिक यात्राको अभियान थालेको लोहनीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू