अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०८ | Colorodo: 21:23

कोरम नपुगेपछि अर्थ समितिको बैठक पुनः स्थगित

बिआरटीनेपाल २०७६ कार्तिक २८ गते ७:२४ मा प्रकाशित

कोरम नपुगेपछि संघीय संसद, अर्थ समितिको बैठक बिहीबार पनि स्थगित भएको छ । बिहीबार बिहान ११ बजेका लागि सिंहदरबरमा बोलाइएको बैठकमा समितिका सदस्यहरुको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित भएको हो ।

बैठकमा समितिका सभापति कृष्णप्रसाद दाहाल तथा सदस्यहरु घनश्याम भुसाल, ज्ञानेन्द्रबहादुर कार्की, रामकुमार झाँक्रीलगायतका सदस्यहरुले एक घण्टा कुर्दा पनि अन्य सदस्यहरुको उपस्थित नभएपछि बैठक स्थगित गर्नु परेको समितिको सचिवालयले जनाएको छ ।

समितिको यसअघि कात्तिक १९ गते बोलाइएको बैठकमा पनि कोरम नपुगेकै कारण स्थगित गरिएको थियो । बैठकका लागि ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल गर्ने कार्यसूचि तय गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू