अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०४ | Colorodo: 17:19

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट– नेपाल भारतसित ७ विकेटले पराजित

बिआरटीनेपाल २०७६ कार्तिक २८ गते ७:१३ मा प्रकाशित

बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले खराब सुरुआत गरेको छ । नेपालले बिहीबार सावरमा भएको पहिलो खेलमा भारतसित ७ विकेटको हार व्यहोरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालको राष्ट्रिय टिमले ४४ ओभर ५ बलमा ‘अलआउट’ हुँदै १९३ रन बनाएको थियो ।

पवन सर्राफले ४९ बलमा ५६ तथा शरद भेषावकरले ७६ बलमा ४४ रन जोडे । भारतका सौरभ दुबेले ४ विकेट लिए । जवाफमा भारतको २३ वर्षमुनिको राष्ट्रिय टिमले ४२ ओभरमै ३ विकेटको क्षतिमा जित हासिल गर्यो । सन्भिर सिंहले ५६ तथा अर्मान जाफरले अविजित ५१ रन बनाए ।

नेपालका करण केसी, ललित राजवंशी र सुशन भारीले एकरएक विकेट लिए । प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपालले अब शनिबार हङकङसित खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक बंगलादेशसित मंसिर २ गते खेल्नेछ । ८ टिम सहभागी प्रतियोगिताका समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । भारतसित हारे पनि नेपालको सेमिफाइनल प्रवेशको सम्भावना भने कायमै छ ।

प्रतिक्रिया