अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४८ | Colorodo: 07:03

राष्ट्रपति भण्डारी र बंगलादेशका राष्ट्रपति हमिदबीच भेटवार्ता, आपसी हितका विषयमा छलफल

बिआरटीनेपाल २०७६ कार्तिक २७ गते ७:३५ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारी र बंगलादेशका समकक्षी मोहम्मद अब्दुल हमिदबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा भएको शिष्टाचार भेटवार्तामा आपसी हित र द्विपक्षिय सम्बन्धका विषयमा छलफल भएको छ ।

यसअघि राष्ट्रपति हमिदसँग उपराष्ट्रपति नन्दबहादुर पुनले आज अपराह्न शिष्टाचार भेट गर्नुुभएको छ । त्यस अवसरमा उहाँहरूबीच नेपाल–बङ्गलादेश सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । आजै राष्ट्रपति हमिदसँग प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शिष्टाचार भेट गर्नुभयो । भेटमा उहाँहरूबीच विद्यमान पारस्परिक सम्बन्धका सबै पक्षबारे छलफल भएको थियो ।

दुई देशबीचको विद्यमान घनिष्ठ एवम् परम्परागत सम्बन्धलाई आर्थिक साझेदारीमा रुपान्तरण गर्ने विषयमा पनि उहाँहरूबीच गहन रुपमा विचार आदानप्रदान भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका विशिष्ट अतिथि नेपालको चारदिने औपचारिक सद्भावना भ्रमणमा हुनुहन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू