अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२० | Colorodo: 03:35

राष्ट्रपति हमिदसँग कांग्रेस सभापति देउवाको भेट

बिआरटीनेपाल २०७६ कार्तिक २७ गते ७:३४ मा प्रकाशित

नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार शिष्टाचार भेट गर्नुभएको छ । भेटमा दुई देशबीच आपसी हित, आर्थिक साझेदारी र विकासका विषयमासमेत छलफल भएको भेटवार्तामा सहभागी कांग्रेस नेता डा. नारायण खड्काले जानकारी दिनुभयो ।

भेटमा सभापति देउवाले व्यापार, ‘कनेक्टिभिटी’, जलविद्युत् आयोजना निर्माण र नेपालबाट विद्युत् खरिद गर्ने विषयलाई प्राथमिकतामा राखेर छलफल गर्नुभएको थियो । प्रत्युत्तरमा राष्ट्रपति हमिदले नेपालमा लगानी गर्न इच्छा व्यक्त गर्नाका साथै विद्युत् खरिद गर्न पनि बंगलादेश तयार रहेको बताउनुभयो।

सो अवसरमा राष्ट्रपति हमिदले उच्चस्तरीय भ्रमण कम भएको प्रसंग जोड्दै भ्रमण बढाउनुपर्नेमा पनि जोड दिनुभएको थियो । बंगलादेशको स्वतन्त्रता क्रान्तिमा नेपालले सहयोग गरेकामा खुसी व्यक्त गर्दै हमिदले योगदान पुर्याउने १३ नेपालीलाई सम्मान गरिएको जानकारी देउवालाई गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू