अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१० | Colorodo: 13:25

पेरुमा बस दुर्घटना, १९ को मृत्यु, २५ को अवस्था गम्भीर

बिआरटीनेपाल २०७६ कार्तिक २७ गते ७:२६ मा प्रकाशित

पेरूमा भएको सडक दुर्घटनामा १९जनाको मृत्यु भएको छ । उत्तरी ला लिबरटाडमा मंगलबार बेलुका भएको सडक दुर्घटनामा १९ को मृत्यु र २५ जना घाइते भएका हुन् । पेरु प्रहरीका अनुसार बस सडकबाट ३ सय मिटर तल नदीमा खसेको छ ।

बाग्लो हुस्सुका कारण बस दुर्घटना भएको प्रराम्भिक अनुसन्दा भएपनि बस दुर्घटना हुनुको कारण एकिन नभइसकेको प्रहरीको भनाइ छ । घाइतेलाई उपचारका लागि नजिकको अस्पतालमा लगिएको छ । पेरुको एनिडज पर्वतमालामा पटकपटक दुर्घटना हुने गरेको अधिकारीहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू