अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१५ | Colorodo: 12:30

सीके राउतको पार्टीद्धारा उपनिर्वाचनमा उम्मेद्वारी

बिआरटीनेपाल २०७६ कार्तिक २७ गते ७:२० मा प्रकाशित

डा. सीके राउत नेतुत्वको जनमत पार्टीपनि आसन्न उपनिर्वाचनमा सहभागी हुने भएको छ । निर्वाचन प्रक्रियामा पहिलोपटक होमिएको पार्टीले महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा हुने उपनिर्वाचनका लागि एक महिला उम्मेदवार उठाएको छ ।

गाउँपालिकाको अध्यक्ष पदमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट पिपरा गाउँपालिका–५ स्थायी घर भएकी अञ्जनीदेवी मण्डलले उम्मेदवारी दिएको सो पार्टीका महोत्तरी जिल्ला इन्चार्ज सञ्जय यादवले बताउनुभयो । उम्मेदवार मण्डल सो पार्टीको तर्फबाट ‘लाउड स्पिकर’ छाप लिएर चुनावी मैदानमा उत्रिनुभएको छ । पहिलोपटक पार्टी चुनावमा आएको र केही अलग गर्ने उद्देश्य रहेको बताउँदै उम्मेदवार मण्डलले आफ्नो पार्टीले चुनाव जित्ने जिकिर समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू