अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४३ | Colorodo: 06:58

अस्ट्रेलियाका लागि नेपाली राजदूत दाहालद्वारा ओहोदाको प्रमाणपत्र पेश

बिआरटीनेपाल २०७६ कार्तिक २७ गते ७:१२ मा प्रकाशित

अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले बुधबार अस्ट्रेलियाका गर्भनर जनरल डेभिड हर्ली समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । दाहालले राजधानी क्यानबेरामा रहेको गर्भनर जनरलको निवासमा आयोजित विशेष कार्यक्रममा ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।

आयोजित कार्यक्रममा राजदूत दाहालले नेपाल तथा अस्ट्रेलियाको बिचमा रहेको करिब ६ दशकको दौत्य सम्बन्धको चर्चा गर्नुका साथै आपसी हित र सहकार्यका बारेमा छलफल समेत भएको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। सो अवसरमा राजदूत दाहालले दुई देशबीचको व्यवसायिक, कुटनीतिक, पर्यटकीय र सांस्कृतिक सम्बन्धलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिनुका साथै कृषि र ऊर्जाको क्षेत्रमा लगानीका लागि आग्रह समेत गर्नुभएको थियो ।

गर्भनर जनरल हर्लीले दाहाललाई बधाई दिँदै उहाँको कार्यकालमा नेपाल र अस्ट्रेलियाको द्विदेशिय सम्बन्ध अझ विस्तार हुनेमा विश्वास व्यक्त गर्नुभएको थियो । कार्यक्रममा क्यानबेरास्थित दूतावासका अन्य अधिकारीहरुका साथै अस्ट्रेलियाली सरकारको विदेश विभागका उच्चअधिकारीहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू