अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२५ | Colorodo: 17:40

कालापानी फिर्ता ल्याउन माग गर्दै सर्वोच्चमा रिट

बिआरटीनेपाल २०७६ कार्तिक २७ गते ७:०८ मा प्रकाशित

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता सुजित केसी र ग्रटर नेपालका अभियान्ता फणीन्द्र नेपालले कालापानीमा रहेको भारतीय सैनिक बललाई हटाइ नेपाली सुरक्षाकर्मी राख्न माग गर्नुभएको छ ।

रिट निवेदनमा हाल प्रचलनमा रहेको नेपालको नक्सामा लिम्पियाधुरा र लिपुलेक नरहेकाले त्यसलाई समेत समेटर नयाँ नक्सा जारी गर्नसमेत माग गरिएको छ। अतिक्रमित भूमी फिर्ता ल्याएर राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्न सरकारका नाममा परमादेशको माग निवेदनमा गरिएको सर्वोच्चले जनाएको छ।

बिहीबार देखि नै सुनुवाइ हुने निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, सशस्त्र प्रहरी बल र नापी विभागलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू