अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२६ | Colorodo: 09:41

अमेरिकाका राज्य सिनेटर द्वारा कानुन मन्त्री ढकाल समक्ष भ्रमण वर्षमा नेपाल जाने प्रतिज्ञा

विजय थापा २०७६ कार्तिक २६ गते १२:५९ मा प्रकाशित

डिसी । नेपाल सरकारले गर्न लागेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन नेप्लिज एसोसिएसन इन साउथ इष्ट अमेरिका(नासा)ले औपचारिक रूपमा कार्यक्रम सुरु गरेको छ । एक विशेष कार्यक्रमको आयोजना गरी नेपाल सरकारका न्याय तथा कानुन मन्त्री माननीय भानुभक्त ढकालको प्रमुख आतिथ्यमा कार्यक्रमको सुरुवात एटलान्टाबाट भएको छ ।

नेप्लिज एसोसिएसन अफ जर्जिया (नाग)को सहयोगमा भएको कार्यक्रमको पानसमा बत्ती बाल्दै र रातो फित्ता (रिबन)काटेर भ्रमण वर्ष २०२० को ब्यानर (तुल )खोली प्रमुख अतिथिले कार्यक्रमको उद्घाटन गर्नु भएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै कानुन मन्त्रीले प्रवासमा रहेर नेपालीहरूले नेपाल सरकारको कार्यक्रमलाई सफल बनाउन लागि परेको देख्दा खुसी व्यक्त गर्दै सरकारको तर्फबाट पूर्ण सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नु भयो । उहाँले यस्ता कार्यक्रमहरूले सबै नेपालीहरूलाई जोड्न सहयोग पुर्‍याउने कुरा बताउनु भयो ।

विदेशमा जन्मिएका दोस्रो पुस्तालाई नेपाल चिनाउन भ्रमण वर्षले मद्दत पुर्‍याउने ढकालको भनाई थियो । कार्यक्रमको विशेष अतिथिहरूमा जर्जिया राज्यका डेमोक्रेटिक पार्टीका सिनेटका नेता (लिडर) सिनेटर स्टिभ हेन्सन र सिनेटर शेख रहमान हुनु हुन्थ्यो ।

सो कार्यक्रममा बोल्दै सिनेटर स्टिभ हेन्सनले आफू नेपालीहरूको बिचमा आएर बोल्न पाउँदा खुसी व्यक्त गर्दै एट्लाण्टामा नेपाल दिवस मनाउन आफूले सिनेटमा प्रस्ताव लाने बताउनु भयो ।

अर्का सिनेटर शेख रहमानले आफूले नेपाल भ्रमण वर्षलाई सहयोग गर्दै २०२० मा नेपाल जाने बताउँदै नासाले संचानल गर्ने कार्यक्रमको सफलताको कामना गर्नु भयो । कार्यक्रममा पूर्व अध्यक्षहरू राम चन्द्र बराल र सञ्जीव सापकोटाले पनि शुभकामना सन्देश दिनु भएको थियो ।

नासाका अध्यक्ष विनय अर्यालको सभापतित्वमा भएको कार्यक्रममा नेप्लिज एसोसिएसन जर्जियाका अध्यक्ष कुमार के सिले सबैलाई स्वागत गर्दै भ्रमण वर्षलाई सहयोग गर्न अनुरोध गरेका थिए भने नासाका वरिष्ठ उपाध्यक्ष अम्बिका लोहनीले धन्यवाद दिएकी थिइन ।

१९९१ मा एटलान्टाबाट नै सुरु भएको नासाको आफ्नो कार्यकालको सुरुवात बैठक पनि एटलान्टाबाट नै सुरु गरेको बताउँदै अध्यक्ष अर्यालले भ्रमण वर्षको कार्यक्रम पनि यहीबाट नै सुरु गरेको बताए ।

कार्यक्रम संयोजक पर्यटनदुत तथा नासाका पूर्व अध्यक्ष राजा घलेले एक वर्ष भरि नासाले स्थानीय नेपाली सस्थाहरुसंग मिलेर विविध कार्यक्रम सञ्चालन गर्ने बताए । स्थानीय बालबालिकाहरूले साङ्गीतिक प्रस्तुत गरेर कार्यक्रमलाई रोचक बनाएका थिए ।

यसै गरी भ्रमण वर्षमा सञ्चालन गरिने विविध कार्यक्रम मध्ये ४ वटा कार्यक्रम सोही दिन सुरुवात गरिएको छ । विशेष गरी भ्रमण वर्षको सन्देश जाने गरी अमेरिका मै हुलाक टिकट प्रकाशन गर्ने लक्ष्य राखिएको र एटलान्टा सहरको यातायात विभागसँग समन्वय गरी चार वटा गाडी रोक्ने स्थल सेल्टर ( बस चढ्ने र उत्रने सार्वजनिक स्थल ) मा भ्रमण वर्षको तुलहरू राखिएको छ ।

जस मध्ये सार्वजनिक स्थलमा प्रचार प्रसार सामग्री प्रदर्शन ,नेपाली व्यवसायीहरूलाई प्रचार सामाग्री हस्तान्तरण ,सामाजिक सञ्जाल (फेसबुक)मा भ्रमण वर्षको लोगो (प्रतीक चिन्ह ) लाई प्रोफाइल ( परिचय )को रूपमा प्रयोग गरी र इमेल हस्ताक्षरको रूपमा भ्रमण वर्षको सन्देश प्रयोग गरी सुरुवात गरिएको छ ।

जस मध्ये सार्वजनिक स्थलमा प्रचार प्रसार सामग्री प्रदर्शन ,नेपाली व्यवसायीहरूलाई प्रचार सामाग्री हस्तान्तरण ,सामाजिक सञ्जाल (फेसबुक)मा भ्रमण वर्षको लोगो (प्रतीक चिन्ह ) लाई प्रोफाइल ( परिचय )को रूपमा प्रयोग गरी र इमेल हस्ताक्षरको रूपमा भ्रमण वर्षको सन्देश प्रयोग गरी सुरुवात गरिएको छ ।

यसरी नै अमेरिकाका विभिन्न राज्यका सहरहरूमा प्रचार प्रसार सामग्री तथा तुलहरू राख्न सके भ्रमण वर्षको सन्देश अमेरिका भरि नै सहज तरिकाले पुग्ने नासाका अध्यक्ष विनय अर्यालले बताए ।

अमेरिकामा भएका नेपालीका सबै खाले व्यवसायमा भ्रमण वर्षका प्रचार सामाग्रीहरू प्रदर्शन गर्ने कार्यक्रम अनुसार सिएनएनको मुख्यालयमा व्यवसाय सञ्चालक रामजी पराजुलीलाई प्रचार सामग्री हस्तान्तरण गरियो ।

 

प्रतिक्रिया