अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१८ | Colorodo: 05:33

रौतहटमा प्रहरी चौकीमा विस्फोट, भारतीय नागरिक नियन्त्रणमा

बिआरटीनेपाल २०७६ कार्तिक २६ गते ७:३४ मा प्रकाशित

रौतहटको इशनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा विष्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले विस्फोटमा परी सेन्ट्रीमा बसेका प्रहरी जवान रञ्जित कुमार यादव घाइते भएको जनाएको छ ।

प्रहरी चौकीमा विस्फोट भएलगत्तै प्रहरीले एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । भारत बिहारको ढाकाका चन्दन कुमारलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

‘बीआर ०५ एच ६५०९’ नम्बरको मोटरसाइकलमा सवार कुमारलाई प्रहरीले पक्राउ गरेको र एकजना फरार भएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र बहादुर खत्रीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी खत्रीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू