अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४१ | Colorodo: 06:56

अमेरिकी एनजीओका प्रतिनिधिसँग नेपाली सांसदहरुको ‘रुवाबासी’, नेपालकै बेईज्जत

बिआरटीनेपाल २०७६ कार्तिक २६ गते ७:३२ मा प्रकाशित

अमेरिकी एनजीओका प्रतिनिधिसँग नेपालका सांसदहरुले आफूहरु खर्च गर्न सक्ने अवस्थामा नरहेको भन्दै रुवावासी गरेका छन् । नेपाल र अमेरिकाको संसदीय अभ्यासका बारेमा अमेरिकी गैरसरकारी संस्था एचडीपीले गरेको अनुभव आदानप्रदानका क्रममा नेपालका सांसदहरुले यस्तो बेईज्जतीपूर्ण बिलौना गरेका हुन् । कार्यक्रममा सहभागी धेरैजसो सांसदहरुको आफुहरु गरीव रहेको र आफ्नै जिल्ला र निर्वाचन क्षेत्रमा जान समेत पैसा अभाव हुने बताएका थिए । सरकारले आफुहरुलाई पसा नदिने हुँनाले जनताका काम गर्न सक्ने अवस्थामा आफुहरु नरहेको उनीहरुको भनाई थियो ।

कतिपय सत्ता पक्षका सांसदहरुले त संसदमा सत्तापक्षको सांसद भएपछि संसदमा प्रश्न समेत गर्न नपाएको गुनासो गरेका छन् । सांसद लक्ष्मी परियारले नेपालमा विज्ञ कर्मचारी नरहने र खर्चको उचित प्रवन्ध समेत नहुने गुनासो गर्नुभयो । नेपालका माथिल्लो निकायका मानिसहरुलाई भेटेर खबर सुनाइदिन परियारले आयोजकललाई अनुरोध गर्नुभएको थियो । सांसद माया ज्ञवालीले नेपाली सांसद्हरु दयनीय अवस्थामा रहेको, आफु अमेरिका जान नपाएको र रोजेको संसदीय समितिमा पनि बस्न नपाएको गुनासो गर्नुभयो । कायृक्रममा अर्का सांसद बलराम बास्कोटाले दक्षिण एसियाली मुलुकका संसदहरुले भोग्ने अन्य समास्याबारे प्रकाश पार्नुभएको थियो ।

नेपाली सांसदहरुको गुनासो सुनिसकेपछि एचडीपीका प्रतिनिधि बब गुर्लाटे, ब्राडस्मित र सुसन एटीसनले अमेरिकामा सांसदहरुलाई आवश्यक कर्मचारी र खर्चको व्यवस्था त्यहाँको संसदले गर्ने जानकारी गाउनुभयो । प्रतिनिधि ब्राडस्मितले राष्ट्रपतिलाई समेत सिनेटले नै बजेट छुट्याउने र त्यसरी छुट्याएको बजेट सिनेटले पास गरेर खर्च गर्ने गरिएको अनुभव सनाउनुभयो । अमेरिकी प्रतिनिधिहरुलाई नेपाली सांसदले आफ्नो माथिल्लो निकायमा सिकायत गर्न गरेको आग्रहलाई आफै माग्न सुझाव समेत दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू