अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०५ | Colorodo: 18:20

अमेरिकी पूर्वराष्ट्रपति कार्टर अस्पताल भर्ना

बिआरटीनेपाल २०७६ कार्तिक २६ गते ७:३० मा प्रकाशित

अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरलाई अस्पताल भर्ना गरिएको छ । पूर्वराष्ट्रपतिहरूमध्ये सबैभन्दा ज्येष्ठ ९५ वर्षीय पूर्वराष्ट्रपति कार्टरलाई सोमबार बेलुकातिर भर्ना गरिएको कार्टर सेन्टरले जनाएको छ ।

इमोरी युनिभर्सिटी अस्पतालमा लगिएका कार्टरलाई नशा फुटेर रक्तस्राब भएकोे चिकित्सकहरुले जनाएका छन् । उहाँ यसअघि गएको अक्टोबर २२ तारिखका दिन पनि अस्पताल भर्ना हुनुभएको थियो । त्यतिबेला उहाँलाई जर्जियास्थित आफ्नै निवासमा लडेर घाइते भएपछि अस्पताल लगिएको हो ।

अमेरिकाको ३९औँ राष्ट्रपति कार्टरले सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको नेतृत्व गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू